दफा ४८२
साँवा, ब्याज लिँदा दिँदा रीत पु¥याउनु पर्ने
साँवा, ब्याज लिँदा दिँदा देहाय बमोजिम रीत पु¥याउनु पर्नेछ :–
(क) ऋणीले साहूलाई साँवा, ब्याजको सबै रकम चुक्ता गरेमा साहूसँग भएको लेनदेनको लिखत च्याती वा त्यस्तो लिखतमा रकम असूल भएको व्यहोरा लिखतको कुनै ठाउँ वा पिठमा खुलाई साहूले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता गर्नु पर्ने,
(ख) खण्ड (क) बमोजिम साँवा, ब्याजको रकम दिँदाका बखत सो लिखत फेला नपरेमा साहूले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी भरपाई गरी ऋणीलाई दिनु पर्ने,
(ग) साँवामध्ये केही रकम वा ब्याज बुझाउँदा साहूले ऋणीसँग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखतको पिठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने ।